रेशम मार्गको इतिहास
ई.सा.पूर्व १३०
तिर हान् बंश शासित चीनको व्यापार अहिलेको भारत, ग्रिस हुदै अन्य युरोपेली देशसम्म फैल्लिएको जुन चौधौ
शताब्दी सम्म चलेको इतिहासमा उल्लेख भएको पाइन्छ | सन् १४११ मा चिनिया नौसेना
अध्यक्ष चेंग हे ले श्रीलंकाको समुद्रीतटीय सहारा गालेमा एक भाषणमा पर्सियाली र
चनिया भाषामा व्यापारका मध्यम बाट शान्तिपूर्ण विश्व बनाउन हिन्दु देवता संग
आशिर्बाद मागेको र व्यापारमा प्रयोग गर्ने बाटो नै पछि रेशम मार्ग भएको हो |
अंग्रेजी भाषामा सिल्क रोड, इकोनोमिक बेल्ट,
ट्वेन्टी फस्ट सेन्चुरी मेरीटाइम, सिल्क रोड, द बेल्ट एंड रोड, बान बेल्ट वान रोड, बेल्ट and रोड
इनिसियेटिभ जस्ता धेरै अवधारणा प्राचीनकालदेखि सिल्करोड वा रेशम मार्गमा आधारित छ
|रेशम मार्ग प्राचीन तथा मध्यकालीन व्यापारिक मार्गहरुको संजाल हो | यो मार्गको
बिस्तार पूर्वी एसिया देखि मध्य एसिया हुडौ भूमध्य सागर सम्म फैलिएको थियो |
पछिल्लो चर्चा
उन्नाइसौं शताब्दीको
मध्यमा जर्मन भूगर्भविद् फर्दिन्यांड यो रिक्थोफेन्ले सो मार्ग बाट अधिकांश चिनिया
रेशमकै व्यापार बढी हुनाले यसको नाम रेशम मार्ग राखेका हुन् | चार हजार माइलको सो
मार्ग भएरै रेशम, सेरामिक्स भाडा आदिको व्यापार गरिन्थियो | चिनिया रेशमको
नरमपना र सौन्दर्य प्रति रोमनी हरु (रानी क्योलोपेत्रा समेत) मुग्ध हुन्थे | पछि
यसको उत्पादन तरिका बारे अन्य देशले पनि थाहा पाएपछि यस मार्गको महत्व घट्यो |
विश्वको सबैभन्दा ठुलो पार्टी, चिनिया कम्नियुष्ट
पार्टीको १९ औ महाधिबेशनले प्राचिनकालिन रेशम मार्गको नयाँ अवधारणा Belt and Road Initiative पार्टी विधानमै राखी
कार्यान्वयन गर्नुपर्ने अवधारणा पारित गरेको | Belt and Road Initiative मा
चिनिया रणनीति
ओवर चिनिया विकासको मुख्य रणनीति र ढांचाक रुपमा आएको छ जुन एतिहासिक
अवधारणा चिनिया राष्ट्रपति सि झिनपिंनले सन् २०१३ मा ल्याउनु भएको हो | यसले छिन्
र बाँकि विश्वका रुपमा रहेको युरेसिया जमिनमा आधारित सिल्क रोड/economic belt र समुद्रमा आधारित
मेरीटाइम सिल्क रोडको बिचमा सम्पर्क र सहयोगलाई जोड दिएको छ | यसले एसिया र
युरोपका ८० भन्दा बढी राष्ट्रहरुलाई समेट्ने जसमा दक्षिण, पूर्वी, मध्य, पश्चिम एसिया देखि मध्यपूर्व र पूर्वी तथा मध्य
युरोप समट्ने छन्| यो मार्गकाइ पुनस्थापना
गरी चीनको अन्तर्राष्ट्रिय व्यापार र राजनीतिक सम्बन्ध बढाएर मुलुकको आन्तरिक
विकास र वैदेशिक नीति सफल बनाउने रणनीति र ढांचा समेत हो |
BRI को पाँच उदेश्यहरु र यसको कार्यान्वयन.
· Multi model connectivity: road, rail, air, energy, pipeline, transmission line
· उदार र कुनै अवरोध बिना व्यापार
· वितिय एकीकरण जस्तै एक देशबाट अर्को देशमा financial transection मा सहजता
· नीतिगत समन्वय: BRI संग
जोडिने देशमा नीतिगत समानता ल्याउने
· जनता र जनता बीच समब्न्ध्को विकास र बिस्तार गर्ने
चीनकै पहलमा ४० अर्ब अमेरिकी डलर को रेशम मार्ग कोषको
स्थापना भएको र यो कोष अति आवश्यक ठानिएको र न्यून आर्थिक क्षमता भएको मुलुकमा
लह=लगानी गर्ने उदेश्य राखेको पाईन्छ | सन् २०१५ को बोआवो एसिया मन्चमा मुख्य
मन्तब्य दिदै ओवरका परिकल्पनाकार चिनिया राष्ट्रपतिले Belt and Road निर्माण संयुक्त परामर्श, संयुक्त निर्माण र संयुक्त बांडफांडको सिद्धान्त प्रति
दृढ रहेको र यो बन्द भन्दा खुला र समाबेशी
भएको जसमा चीन मात्र नभई Belt and Road मा पर्ने धेरै मुलुकको
यसमा सामुहिक सहभागिता आवश्यक रहेको छ | साथै यस अन्तर्गत धेरै योजना बनाइएको र
तिनको कार्यान्वयन समेत शुरु भएको भन्दै चाईना पाकिस्तान इकोनोमिक करिडोर लाई
उदाहरण दिदै यो रणनीति होइन्, कार्यक्रम हो र साबिक लागि अवसर भएकोले सहकार्य र
खुलापनको नमुना भएको उल्लेख गरेको छ | BBIN
अन्तर्गतको सडक संजाल पनि Belt and Road परियोजना अन्तर्गत रहेको र
यसले भारत र भुटानलाई एकै ठाउमा आएको पुष्टि भएको छ | हाल सम्म करिव ८६ राष्ट्र
संग १०० सहयोग सम्झौता भैसकेको छ |