Public Administration

अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने शर्त (International Commercial Terms, INCOTERMS)

2024-07-11 16:52:25
Share On Social Media :
          सन् १९३६ मा अन्तर्राष्ट्रिय व्यापार संघ ( International Chamber of  Commerce) ले अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने शर्तहरु (International Commercial Terms,) व्यापार सम्बन्धी विषयमा व्याख्या गर्न प्रयोग गरिने अन्तर्राष्ट्रिय व्यापार संघ ( International Chamber of  Commerce) को औपचारिक नियम हो | यसले अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने व्यापारिक शब्दावली हरु र शर्तहरुमा एकरुपता ल्याउने हुनाले विवाद रहित कारोवारलाई प्रोत्साहन गर्दछ | अन्तर्राष्ट्रिय व्यापारमा  संग्लन पक्षहरु अधिकार र दायित्वलाई स्पष्ट पार्दै कानूनी जटिलतामा कमी ल्याउने काम समेत गर्दछ | हाल यी शर्तहरु सन् २०१० जनवरी १ अध्यावधिक गरी सन् २०११ देखि लागू हुदै आएको छ जसमा भन्सार मुक्त क्षेत्र, व्यापारमा विधुतीय सुचनाको प्रयोग तथा ढुवानी सम्बन्धीप्रचलनमा आएका परिवार्तान्हारू लाई समावेश गरी अध्यावधिक गरिएको छ | सन् २०१५ मा वर्तमान विश्व व्यापार प्रणाली संग मेल खाने गरी संसोधन तथा थप व्यवस्था गरी हाल जाँच तथा परिक्षणको क्रममा रहेको छ |
शर्तहरुको बर्गीकरण
सन् १९९० मा शर्तहरु लाई चार वर्गमा विभाजन गरी उपयोग गर्ने व्यवस्था गरिएको थियो | यी शर्तहरु खासमा कारखाना को स्थान, ढुवानी, मूल्य, ढुवानी जोखिम प्रतिस्थापन खर्च र हस्तान्तरणको आधारमा गरिएको छ |
क.   प्रथम वर्ग :  यसमा बिक्रेताले आफ्नै कारखानामा वा कारखाना परिसरमा खरिदकर्ता लाई मालसामान उपलब्ध गराउने शर्तहरु  (E Terms or Ex-Works Terms) परिसर आपूर्ति करार सम्बन्धी शर्तहरुको समुह पर्दछन् |
ख.   दोस्रो वर्ग : यसमा विक्रेताले मालसामान खरिदकर्ताले नियुक्त गरेको ढुवानीकर्तालाई उपलब्ध गराउने सम्बन्धी शर्तहरु  (F-Terms or FCA, FAS, FOB) शुल्क भुक्तान नभएको आपूर्ति सम्बन्धी करारका शर्तहरु पर्दछन् |
ग.    तेस्रो वर्ग : यसमा विक्रेताले ढुवानी कर्तासंग करार गरी मालसामान हुने नोकसनी तथा समान चलान भै सके पछि लाग्ने अतिरिक्त खर्चहरुको जोखिम नव्यहोर्ने गरी कारोवार गर्ने शर्तहरु (C-Terms or CFR, CIF, CPT,CIP) शुल्क चुक्ता भएको आपूर्ति सम्बन्धी करारका शर्तहरुमा पर्दछन् |
घ.    चौथो वर्ग :  यसमा विक्रेताले मालसामान गन्तव्य सम्म पुर्याउन लाग्ने लागत र जोखिम दुवै व्यहोर्ने स्वरुपका शर्तहरु (D-Terms or DAF, DES, DEQ, DDU, DAT, DAP, DDP) सशुल्क आगमन सम्बन्धी करार्हरुमा पर्दछन् |
यी शर्तहरु आआफ्नै विशेषता र महत्व छन्  र यिनको उपयोग पद्धतिको आधारमा E,F,C,D वर्गमा विभाजित छन् | उपयोग पद्धतिको आधारमा यो चारै प्रकृतिका शर्तहरुलाई हालको शर्त २०१० ले जुनसुकै ढुवानी तरिकामा उपयोग गर्न सकिने र केवल जलमार्ग ढुवानी तरिकामा मात्र उपयोग गर्न सकिने गरी दुइ समुहमा विभाजन गरेको छ |
अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने शर्त २०१० वर्गीकरण तालिका:
Group
Departure/Arrivals
E
Exw-Ex works  (………………….. named Place)
F
Freight Unpaid
 
FCA Free carrier (………………… named Place)
 
FAS Free Alongside ship (……………. Named Port of Shipment)
 
FOB Free on Board (…………..named port of shipment)
C
Cost and Freight Paid
 
CFR Cost and Freight (………….. named port of destination)
 
CIF Cost Insurance and Freight (…….named port of Destination)
 
CPT Carriage paid to (………….named place of destination)
 
CIP Carriage and Insurance paid to (…named place of destination)
D
Arrivals
 
DAT Delivered at Terminal (……..name of port or place of destination
 
DAP Delivered at Place (…………... named destination)
 
DDP Delivered Duty Paid (………. Named place of destination)
 
C and D Term are related to Seller and responsible of carrier whereas E and F are related to Buyer and responsible for carrier.
Major Clause used in International Commercial terms out of the among the above are EXE-Ex works, FOB Free on Board (……… named port of shipment), CIF Cost Insurance and Freight (…named port of Destination) CPT Carriage paid to (…. named place of destination) and CIP Carriage and Insurance paid to (…named place of destination)
           खरिद सम्झौतामा अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने शर्त, २०१० उल्लेख गर्नु भनेको खरिद र विक्रिका विवादहरुमा कटौती वा सो वाट सृजित कानूनी झमेला न्यूनीकरण गर्न खरिदकर्ता र विक्रेताका कर्तव्य तथा दयित्वहरुलाई स्पष्ट र सुनिश्चित गर्नु हो | अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने शर्त, २०१० लागू भएपछि विधुतीय संचार वाट  भएको करोवार्ले समेत कानूनी मान्यता पाएको छ | यस नयाँ शर्त, २०१० ले दुइटा नयाँ शर्तहरु DAT Delivered at Terminal (…name of port or place of destinationDAP Delivered at Place (…named destination) थप गरेको छ भने चार वटा शर्तहरु DAF, DES, DEQ, DDU लाई खारेज गरेको छ | यी शर्तहरुलाई दुई समूहमा विभाजन गरी यी मध्ये EXW, FCA, CPT, CIP, DAT, DAP DDP लाई जुनसुकै ढुवानी विधिमा भने जलमार्ग ढुवानी विधिमा मात्र प्रयोग गर्न सकिने शर्तहरु FAS, FOB, CFR CIF शर्तहरु हुन् |
नेपालमा वस्तु विक्री सम्बन्धी कानूनी व्यवस्था
नेपालमा वस्तु तथा मालसामान विक्री वितरण सम्बन्धी सिद्दान्तहरुको व्यवस्था करार एन , २०५६ को दफा ४० देखि ५५ सम्म उल्लेख रहेको छ | साथै दफा ५६ देखि ६४ सम्म एजेन्सी/ एजेन्ट सम्बन्धी व्यवस्था समेत गरेको छ |साथै एजेन्सी एन २०१४  को दफा ३ देखि 10 सम्म एजेन्ट/एजेन्सी सम्बन्धी व्यवस्था गरेको छ भने नेपालमा ढुवानी सम्बन्धी व्यवस्था करार एन २०५६ को दफा ६५ देखि ७० सम्म उल्लेख छ |

Leave a Comment