Public Administration

सार्वजनिक खरिदमा विमाका सिद्दान्तहरु

2024-07-26 03:11:09
Share On Social Media :
सार्वजनिक खरिदमा विमाका सिद्दान्तहरु            
                          भविष्यमा गरिने वा नगरिने कार्यवाट हुने सक्ने/घट्ने सक्ने जोखिमको प्रभावकारी ढंगले गरिने व्यवस्थापन नै जोखिम व्यवस्थापन हो | यसमा जोखिमहरुको पहिचान, विश्लेषण, मापन, नियन्त्रण, न्यूनीकरण, हटाउने र पन्छाउने जस्ता कार्यहरुलाई जोखिम व्यवस्थापनको रुपमा रणनीतिक उपयोग गरिन्छ | सार्वजनिक खरिद व्यवस्थापनमा वा खरिदको कामकारवाहीमा मिश्रित रहेको अनिश्चिततालाई आर्थिक क्षतिपूर्तिको स्वरुपलाई विभिन्न औजारहरु मार्फत रुपान्तरण गर्ने प्रक्रिया हो | सार्वजनिक खरिदमा क्षतिपूर्ति अर्थात् Indemnity शव्द विशुद्ध जोखिम संग सम्बन्धित छ जस्तै सम्पतिको जोखिम, चोरीको जोखिम, कानूनी दायित्वको जोखिम, तेस्रो पक्षको जीवनको जोखिम, मालसामानको जोखिम आदि | सार्वजनिक खरिद प्रक्रिया आफैमा जटिल विषयबस्तु भएकोले यसको शुरुको चरण प्रारम्भ गर्दा देखिनै हरेक कामकारवाहीमा यस्ता प्रकारका जोखिमहरू पहिचान गरी त्यसका विरुद्धमा गर्नुपर्ने आश्वश्त्ता (Assurance)को व्यवस्थाहरु मालसामान, निर्माण कार्य र सेवा क्षेत्रको बोलपत्र सम्बन्धी कागजातमा समावेश गर्ने र बोलपत्रदाताले समेत त्यस्ता जोखिमको आंकलन गरी बोलपत्र दाखिल गर्नुपर्ने हुन्छ |  सामान्यता सार्वजनिक खरिदमा हुने जोखिमहरुको नियन्त्रण, प्रत्याभूति र हस्तान्तरणमा प्रयोग हुने औजारहरु बिमा, जमानत, निरोध रकम (Retention Money), कार्यसम्पादन जमानी, प्रतीतपत्र (Letter of Credit), प्रतिज्ञापत्र (Promissory Note), बिनिमयपत्र (Bill of Exchange), कार्यस्थलको निर्माण सामग्रीको बिमा, परिकल्पित नोक्सानी (Liquidated damageआदि हुन् |
यी औजारहरू मध्ये सार्वजनिक खरिदमा विश्वमा जोखिम व्यवस्थापनको सबै भन्दा बढी प्रचलित प्रणाली भनेको बिमा नै हो | विमाकै माध्यमबाटै व्यवसायिक संगठनहरुले आफ्नो अनिश्चिततालाई निश्चिततामा परिवर्तन गर्ने क्षमता राख्दछ | मानिसको जीवन तथा सम्पतिमा भएको जोखिम तथा विपदको विरुद्ध आर्थिक सुरक्षा गर्ने व्यवस्था नै विमा हो | यो दुई पक्ष विचको करार व्यवसाय हो जसमा विमितले एक आवधिक स्वरुपको प्रव्याज अर्थात् premium बिमकलाई भुक्तानी गरी आफ्नो सम्भावित जोखिम हस्तान्तरण गर्दछ र सो वापत विमकले विमित लाई भविष्यको आकस्मिक सकंट वाट सम्भावित आर्थिक क्षति वापतको आर्थिक क्षतिपूर्ति (Indemnity) भरिदिने जोखिम बहन गर्दछ | विमामा यस्तो आर्थिक क्षतिपूर्तिको रकम निर्धारण गर्ने कार्यमा विमा प्रणालीका केही कानूनी सिद्दान्तहरुमा
क.    क्षतिपूर्तिको सिद्दान्त (Principal of Indemnity)  : यस सिद्धान्त अनुसार विम्क्ले प्रव्याज लिएको बदलामा विमा अवधि भित्र विमित सम्पति क्षति भएमा विमित लाई क्षतिपूर्ति गर्नुपर्दछ |यो विमितले आफ्नो वास्तविक हानि नोक्सानीको आर्थिक रुपमा क्षतिपूर्ति (क्षतिग्रस्त सम्पतिको प्रतिस्थापन, पुनर्स्थापना, नगद, मर्मत आदि ) गराउने सिद्दान्त हो | यस सिद्दान्तको नियमानुसार विमितले आफ्नो क्षति प्रमाणित गर्नु पर्दछ र विमक ले त्यस्तो रकम (विमा गरिएको हद सम्मको रकम मात्रै) क्षतिपूर्ति वापत भुक्तानी दिनु पर्दछ |
ख.    विमा योग्य हितको सिद्दान्त (Insurable Interest) :   विमाले कुनै सम्पति वा जीवनको रक्षा गर्ने नभई विमितको त्यसमा अन्तरनिहित आर्थिक हितको संरक्षण गर्ने हो | जसको लागि विमितले एक आवधिक स्वरुपको प्रव्याज अर्थात् premium बिमकलाई भुक्तानी गर्नु पर्ने हुँदा यसमा अन्तरनिहित हित दुवै पक्षको  हुन्छ त्यो नै विमा योग्य हितको सिद्दान्त हो | विमाको सम्झौतामा पनि विमितले विमा लेखमा रहेका सेवा, सुविधा तथा शर्त आदि परिक्षण गरी आफू अनुकूल भएमा स्वीकार गर्न सक्दछ र विमक कम्पनीले विमा गर्ने वस्तुको वारेमा आवश्यक पर्ने सूचना तथा जानकारी आफै ले विश्लेषण वा बिमितले दिएको जानकारीमा भर पर्नु पर्ने हुनाले विमाको विषयबस्तुमा रहेको वास्तविक तथा अन्तर निहित जोखिम र सो को मात्र प्रस्ट नहुन सक्दछ |
ग.    परम सदविश्वासको सिद्दान्त (Principal of Utmost Good faith) :   विमित र बिमत कम्पनी दुबैको लागि माथि उल्लिखित विभेदपूर्ण अवस्थालाई समान बनाउन विमा सम्झौतामा परम सदबिश्वासको सिद्दान्त अबलम्बन गर्नु पर्छ भन्ने कानूनी व्यवस्था गरिएको हुन्छ | बिमा करारका दुवै पक्षले करारका शर्तहरु निष्कपट र समान दृष्टिकोण राखी पालना गर्नु पर्दछ |
घ.     स्थान ग्रहणको सिद्दान्त (Principal of Subrogation) : विमा लेखको सम्पति क्षति भई विमितले क्षतिपूर्ति प्राप्त गरेपछि सो सम्पति उपर विमकको स्वामित्व तथा अधिकार स्थापित हुन्छ | यसरी क्षतिपूर्ति पश्चात विमितको स्वामित्वको स्थान विमक्ले लिने सिद्दान्त नै स्थान ग्रहणको सिद्दान्त हो | यस सिद्दान्तअनुसार दुर्घटना कुनै तेस्रो पक्षवाट भएको अवस्थामा तेस्रो पक्षवाट प्राप्त हुने रकममा समेत विमक को हकदावी स्थापित हुन्छ विमितको होइन | यो सिद्दान्त क्षतिपूर्तिको बिमाको लागि मात्र लागू हुन्छ | नेपालको सार्वजनिक खरिदमा पनि आर्थिक क्षति वाट हुने क्षति को जोखि तेस्रो पक्षलाई हस्तान्तरण गरी जोखिम न्यूनीकरण गर्न विमा गरिन्छ |

Leave a Comment