Civil Blogs
सार्वजनिक सडक ऐनमा भएका विकास कर सम्बन्धि प्राबधानहरु
2024-05-08 04:07:06
Share On Social Media :
सार्वजनिक सडक ऐनको प्रस्तावना नै
सर्वसाधारण जनताको सुबिधा तथा आर्थिक हित कायम राख्नेको लागि सबै किसिमको
सार्वजनिक सडकहरुमा बर्गिकरण गरी तिनीहरुको निर्माण, सुधार, विस्तार गर्न आवश्यक पर्ने जग्गा प्राप्त
गर्न र सार्वजनिक सडक बाट Benefit हुने सडक छेउका जग्गावालाबाट विकासकर असुल गर्ने उदेश्य राखी बनाइएको
बाट विकास करको महत्वपूर्ण सार्थकता रहेको बुझ्न सकिन्छ |
सो ऐनमा विकास कर
सम्बन्धि व्यवस्थाहरु निम्नलिखित छन् |
Ø
दफा २३ मा विकास कर लाग्ने जग्गा र त्यसको खण्ड विभाजन गरेको छ |
Ø
२३ (१) मा सडक सिमा तोकिएमा सडक सिमा र सडक सिमा नतोकिएको सडकको
किनारबाट कुनै दुवै तर्फ २५० मिटर सम्मको जग्गामा विकास कर लाग्ने, तर दफा ३ क
बमोजिम सडक सिमा बाट ६/६ मिटर मा स्थायी बनौट वा संरचना निर्माण निषेधित क्षेत्रमा
बिकस्कर नलाग्ने |
Ø
२३ (२) मा उपदफा 1 बमोजिमको २५० मिटर खण्ड हरुलाई १२५ मिटरक दरले खण्ड
क र ख मा विभाजन गरिएको
Ø
दफा २४ (१) मा दफा ५ बमोजिम जग्गा प्राप्त गर्दा जुन क्षेत्र या
इलाकामा त्यस्तो जग्गा जे जति मोल कायम भई मुआब्जा दिइएको हो त्यस्तो क्षेत्र वा
इलाकामा सोहि मिलको देहाय बमोजिमको प्रतिशतले हुन् आउने रकम विकास कर स्वरूप असुल
उपर गरिने |
Ø
खण्ड क जुन सडक संग प्रत्यक्ष जोडिएको पहिलो १२५ मिटर भित्र रहेको
जग्गा मा २०%
Ø
खण्ड ख जुन सडकसंग प्रत्यक्ष जोडिएको पहिलो १२५ मिटर पछि को १२५ मिटर
देखि २५० मिटर सम्म रहेको जग्गा मा १०%
Ø
साथै उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनै
जग्गामा लाग्ने विकास कर घटाउन वा छुट दिन सक्ने प्राबधान रहेको |
कार्यान्वयनको अवस्था
Ø
ऐन बनेको ५ दशक हुन लाग्दा समेत नियमावली नहुनाले विकास कर असुली
नभएको
Ø
अधिकांश सडक निर्माण बैदेशिक सहयोग बाट निर्माण हुने बाहेक जग्गा
अधिग्रहण नगरी निर्माण हुने हुँदा ऐनले भने जस्तो विकासकर उठाउन कठिन
Ø
विकास कर र जग्गा अधिग्रहण/मुआब्जा सम्बन्धि छुटाछुटै ऐनमा रहेको ले
कठिनाई
Ø
अधिकांश सडकको RoW बर्गिकरण/मापदण्ड निश्चित नगरिदा सडक सिमा , क्षेत्राधिकारमा
अन्यौलता रहनु
Ø
विकास कर घटाउने वा छुट दिने प्रब्धंले अन्यौल र ठुलालाई चैन र साना
लाइ ऐन हुने अवस्था ले कार्यान्वयनमा ढिलाई
Ø
सडक सिमा भित्रका जग्गा तत्काल प्रयोगमा नाए सम्म lease/भाडा मा दिन सक्ने ब्यबस्था
नहुनु